Resolution:Donor Privacy Policy Amendment 2011/ne
Appearance
यस नीतिलाई विकिमिडिया फाउन्डेसनको सञ्चालक समितिले स्वीकृत गरेको छ। यसलाई विकिमिडिया फाउन्डेसनका अधिकारीहरू वा कर्मचारीहरू वा कुनै पनि विकिमिडिया परियोजनाको स्थानीय नीतिहरू द्वारा छल्न, नष्ट गर्न वा उपेक्षा गर्न सकिँदैन। कृपया यस सामग्रीको मूल अङ्ग्रेजी संस्करण र अनुवादबीच अर्थ वा व्याख्यामा कुनै भिन्नता भएमा ध्यान दिनुहोस्, मूल अङ्ग्रेजी संस्करणले प्राथमिकता लिएको छ। |
←सङ्कल्पहरू | दाताको गोपनीयता नीति संशोधन २०११ | प्रतिक्रिया?→ |
जुन २०११ संस्करणमा केही प्राविधिक संशोधनका साथ दाताको गोपनीयता नीति अद्यावधिक गर्ने यो प्रस्ताव अक्टोबर ३, २०११ मा सर्वसम्मतिले स्वीकृत गरिएको थियो। |
सञ्लालक समितिले अद्यावधिक दाताको गोपनीयता नीतिको दोस्रो संस्करणलाई अनुमोदन गर्दछ जुन फाउन्डेसनको सामान्य सल्लाहकारद्वारा प्रस्तुत गरिएको छ। यो संस्करण एक प्राविधिक संशोधन हो: यसमा केही साना संशोधनहरू समावेश छन् जुन फाउन्डेसनको तयारीको क्रममा अधिक पारदर्शिता सुनिश्चित गर्न र दाताहरूको लागि निश्चित अधिकारहरू समावेश गर्न उपयुक्त निर्धारण गरिएको थियो। बोर्डले आफ्ना दाताहरूको गोपनीयताको लागि उच्चतम स्तरको सम्मान कायम राख्छ र यो यसको नीतिहरूले सबै सन्दर्भमा सङ्गठनको अभ्यासहरूलाई सही रूपमा प्रतिबिम्बित गर्ने गरि सुनिश्चित गर्न चाहन्छ।