Jump to content

नीतिः गोपनीयता नीति/परिभाषाहरू

From Wikimedia Foundation Governance Wiki
This page is a translated version of the page Policy:Privacy policy/Definitions and the translation is 75% complete.
Outdated translations are marked like this.

विकिमिडिया फाउन्डेसन गोपनीयता नीतिका परिभाषाहरू

जब हामी भन्छौँ... ... हाम्रो भनाई:
"विकिमिडिया फाउन्डेसन" / "फाउन्डेसन" / "हामी" / "हामीलाई"/ "हाम्रो" विकिमिडिया फाउन्डेसन, विकिमिडिया साइटहरू सञ्चालन गर्ने गैर-लाभकारी संस्था हो।
"विकिमिडिया साइटहरू" / "हाम्रा सेवाहरू" विकिमिडिया वेबसाइट र सेवाहरू (भाषाको परवाह नगरी), हाम्रो मुख्य परियोजनाहरू, जस्तै विकिपिडिया र विकिमिडिया कमन्स, साथै मोबाइल अनुप्रयोग, अनुप्रयोग प्रोग्रामिङ इन्टरफेसहरू (एपिआई), इमेलहरू, र सूचनाहरू; तथापि, "के यो गोपनीयता नीतिले समावेश गर्दैन" खण्डमा सूचीबद्ध साइटहरू र सेवाहरू बाहेक।
तिमी/तपाई"/"तिम्रो/तपाईको"/"मेरो" तपाई, चाहे एक व्यक्ति, समूह, वा सङ्गठन हुनुहुन्छ, र चाहे तपाई विकिमिडिया साइट वा हाम्रो सेवाहरू आफ्नो वा अरू कसैको तर्फबाट प्रयोग गर्दै हुनुहुन्छ।
"यो नीति" / "यो गोपनीयता नीति" यो कागजात, "विकिमिडिया फाउन्डेसनको गोपनीयता नीति" शीर्षकमा छ।
"योगदानहरू" तपाईले कुनै पनि विकिमिडिया साइटहरूमा थप्नु भएको वा परिवर्तन गर्नुभएको सामग्री।
"व्यक्तिगत जानकारी" तपाईले हामीलाई प्रदान गर्नुभएको जानकारी वा हामीले सङ्कलन गरेको जानकारी जुन तपाईलाई व्यक्तिगत रूपमा पहिचान गर्न प्रयोग गर्न सकिन्छ। स्पष्टताको लागि, हामी आवश्यक रूपमा निम्न प्रकारका सबै प्रकारका जानकारीहरू सङ्कलन गर्दैनौँ, हामी कम्तिमा निम्नलाई "व्यक्तिगत जानकारी"को रूपमा विचार गर्दछौँ यदि यो अन्यथा गैर-सार्वजनिक छ र तपाईलाई पहिचान गर्न प्रयोग गर्न सकिन्छ:
(क) तपाईको वास्तविक नाम, ठेगाना, फोन नम्बर, इमेल ठेगाना, पासवर्ड, सरकारले जारी गरेको आइडीमा भएको पहिचान नम्बर, आइपी ठेगाना, प्रयोगकर्ता-एजेन्टको जानकारी, भुक्तानी खाता नम्बर;
(ख) उपदफा (क) को कुनै वस्तुसँग सम्बन्धित भएमा जन्ममिति, लिङ्ग, यौन अभिमुखीकरण, जातीय वा जातीय उत्पत्ति, वैवाहिक वा पारिवारिक स्थिति, चिकित्सा अवस्था वा अशक्तता, राजनीतिक सम्बद्धता र धर्म जस्ता कुनै संवेदनशील तथ्याङ्क।
"standard account" An account you can sign up for to browse or edit the Wikimedia Sites. Typically you do not need to provide more than a username and password to create a standard account.
“temporary account” An automatically generated account and identifier used to attribute edits made when you are not logged into a standard account. You do not provide a username or password to create a temporary account.
"तेस्रो पक्ष"/"तेस्रो पक्षहरू" विकिमिडिया फाउन्डेसनद्वारा नियन्त्रित, व्यवस्थापन वा सञ्चालन नगरिएका व्यक्ति, संस्था, वेबसाइट, सेवा, उत्पादन र अनुप्रयोगहरू। यसमा अन्य विकिमिडिया प्रयोगकर्ताहरू र स्वतन्त्र सङ्गठनहरू वा समूहहरू समावेश छन् जसले विकिमिडिया आन्दोलनलाई बढावा दिन मद्दत गर्दछ जस्तै विकिमिडिया अध्यायहरू, विषयगत संस्थाहरू, र प्रयोगकर्ता समूहहरू साथै स्वयंसेवकहरू, कर्मचारीहरू, निर्देशकहरू, अधिकारीहरू, अनुदान प्रापकहरू, र ती सङ्गठनहरू वा समूहका ठेकेदारहरू।
गोपनीयता-सम्बन्धित पृष्ठहरू