विश्वव्यापी आचार संहिता/प्रवर्तन दिशानिर्देशहरू

From Wikimedia Foundation Governance Wiki
This page is a translated version of the page Policy:Universal Code of Conduct/Enforcement guidelines and the translation is 99% complete.
Outdated translations are marked like this.
विकिमिडिया फाउन्डेसन विश्वव्यापी आचार संहिता

१. युसिओसी प्रवर्तन दिशानिर्देशहरू

यी प्रवर्तन दिशानिर्देशहरूमा समुदाय र विकिमिडिया फाउन्डेसनले कसरी विश्वव्यापी आचार संहिता (युसिओसी) का लक्ष्यहरू हासिल गर्न सक्षम हुने छ भनेर वर्णन गरिएको छ। यसमा अन्य विषयहरू सँगसँगै निम्न विषयहरू समावेश गरिएको छ: युसिओसीको बुझाइलाई बढवा दिने, उल्लङ्घनहरू हुन नदिन अग्र सक्रिय कार्यमा संलग्न हुने, युसिओसी उल्लङ्घनहरू प्रति प्रतिक्रियाका लागि सिद्धान्तहरू विकास गर्ने र स्थानीय प्रवर्तन संरचनाहरूलाई समर्थन गर्ने।

युसिओसी सबै अनलाइन र अफलाइन विकिमिडिया स्पेसहरूमा लागू हुन्छ। त्यसैले, युसिओसी लागू गर्नु सबैको साझा जिम्मेवारी हो। विकेन्द्रीकरणको पाठ आन्दोलन सिद्धान्त अनुसार, युसिओसीलाई सम्भव भएसम्म सबैभन्दा सान्दर्भिक स्थानीय स्तरमा लागू गर्नु पर्दछ।

प्रवर्तन दिशानिर्देशहरूले युसिओसीको समतामूलक र निरन्तर कार्यान्वयनका लागि आधार निर्माण गर्ने प्रयास गर्दै वर्तमान र आगामी प्रवर्तनीय संरचनाहरूको अन्तरक्रियाका लागि एक ढाँचा प्रदान गर्दछ।

१.१ युसिओसी प्रवर्तन दिशानिर्देशहरूको अनुवाद

युसिओसी प्रवर्तन दिशानिर्देशको मूल संस्करण अङ्ग्रेजी भाषामा छ। यसलाई विकिमिडिया परियोजनाहरूमा प्रयोग गरिएका विभिन्न भाषाहरूमा अनुवाद गरिने छ। विकिमिडिया फाउन्डेसनले सहि अनुवादको लागि सक्दो प्रयास गर्ने छ। यदि अङ्ग्रेजी संस्करण र अनुवाद बिच अर्थमा कुनै भिन्नता आएमा, अङ्ग्रेजी संस्करणका आधारमा निर्णय गरिने छ।

१.२ युसिओसी प्रवर्तन दिशानिर्देशहरूको समीक्षा

बोर्ड अफ ट्रस्टीहरूका सिफारिसको आधारमा, प्रवर्तन दिशानिर्देशहरूको प्रमाणीकरण भएको एक वर्ष पछि, विकिमिडिया फाउन्डेसनले युसिओसी प्रवर्तन दिशानिर्देशहरू तथा युसिओसीको समीक्षा गर्न सामुदायिक परामर्श आयोजना गर्ने छ।

२. रोकथाममूलक कार्य

यस खण्डको उद्देश्य विकिमिडिया समुदाय र सम्बद्ध व्यक्तिहरूलाई युसिओसी बारे सचेत हुन, यसलाई पूर्ण रूपमा बुझ्न र पालना गर्न दिशानिर्देशहरू प्रदान गर्नु हो। उक्त प्रयोजनका लागि, यस खण्डले युसिओसीको बारेमा सचेतना जगाउन, युसिओसीका अनुवादहरू गर्ने व्यवस्था मिलाउन र उपयुक्त वा आवश्यक भएसम्म युसिओसीको स्वैच्छिक पालना प्रवर्द्धन गर्नका लागि विस्तृत रूपमा सिफारिसहरू गर्ने छ।

२.१ युसिओसीको अधिसूचना र पुष्टीकरण

यो युसिओसी विकिमिडिया परियोजनाहरूमा अन्तरक्रिया गर्ने र योगदान गर्ने सबैमा लागू हुन्छ। यो भौतिक उपस्थितिमा हुने आधिकारिक कार्यक्रमहरूमा र विश्वभरका विकिमिडिया परियोजनाहरूमा सहकार्यका लागि व्यवहारको आधार रेखाको रूपमा तेस्रो पक्षीय प्लेटफर्महरूमा होस्ट गरिएका सम्बन्धित स्पेसहरूमा पनि लागू हुन्छ।

हामी यो युसिओसीलाई विकिमिडिया प्रयोगका सर्तहरूमा थप्न सिफारिस गर्द छौँ।

त्यस बाहेक, निम्न व्यक्तिहरूले युसिओसी पालना गर्ने कुरा पुष्टि गर्नुपर्ने हुन्छ:

  • विकिमिडिया फाउन्डेसनका सबै कर्मचारी र ठेकेदारहरू, बोर्ड अफ ट्रस्टीहरूका सदस्यहरू, विकिमिडिया सम्बद्ध बोर्ड सदस्यहरू र कर्मचारी;
  • विकिमिडिया सम्बद्ध निकाय वा आकाङ्क्षी विकिमिडिया सम्बद्ध निकायको कुनै पनि प्रतिनिधि (जस्तै: विकिमिडिया प्रायोजित कार्यक्रम, समूह, अध्ययन, अनुसन्धान सेटिङमा रहेका विकिभित्र वा बाहिर विकिमिडियालाई प्रवर्द्धन र/वा सहयोग गर्न चाहने कुनै पनि व्यक्ति वा व्यक्तिहरूको समूह लगायत); र
  • निम्न लगायतका कार्यक्रममा विकिमिडिया फाउन्डेसनको ट्रेडमार्क प्रयोग गर्न चाहने कुनै पनि व्यक्ति: विकिमिडिया ट्रेडमार्कहरू सहित ब्रान्डेड कार्यक्रमहरू (जस्तै तिनलाई कार्यक्रमको शीर्षकमा समावेश गरेर) र कुनै पनि कार्यक्रममा विकिमिडिया सङ्गठन, समुदाय वा परियोजनाको प्रतिनिधित्व (जस्तै: कुनै प्रस्तुतिकर्ता वा बुथ अपरेटर लगायत)।

२.१.१ युसिओसी प्रति सचेतना प्रवर्द्धन

जागरूकतामा सुधार गर्नका लागि, युसिओसीको एक लिङ्क निम्न स्थानहरूमा पहुँच योग्य हुनेछ:

  • प्रयोगकर्ता र कार्यक्रम दर्ता पृष्ठहरू;
  • विकिमिडिया परियोजनाका फुटरहरू र लग आउट गरेका प्रयोगकर्ताका लागि सम्पादन पुष्टीकरण पृष्ठहरू (उपयुक्त र प्राविधिक रूपमा सम्भव भएसम्म);
  • मान्यताप्राप्त सम्बद्ध निकाय र प्रयोगकर्ता समूहहरूका वेबसाइटहरूमा रहेका फुटरहरू;
  • भौतिक उपस्थिति, रिमोट र हाइब्रिड कार्यक्रमहरूमा प्रमुखताका साथ सञ्चार गरिएको; र
  • स्थानीय परियोजनाहरू, सम्बद्ध निकायहरू, प्रयोगकर्ता समूहहरू र कार्यक्रम आयोजकहरूद्वारा उपयुक्त ठाने बमोजिम अन्य स्थानमा

२.२ युसिओसी प्रशिक्षणका लागि सिफारिसहरू

विकिमिडिया फाउन्डेसनको सहयोगमा यु४सी निर्माण समितिले युसिओसीको साझा बुझाइ र यसको कार्यान्वयनका लागि सीपहरू प्रदान गर्न प्रशिक्षणको विकास र कार्यान्वयन गर्ने छ। यो सिफारिस गरिएको छ कि प्रशिक्षणको विकासमा निम्न लगायतका सान्दर्भिक सरोकारवालाहरूसँग परामर्श लिनुपर्दछ: युसिओसीको पूर्ण दृष्टिकोण प्रदान गर्न लाभदायक ठाने बमोजिम सम्बद्ध निकाय, सम्बद्ध निकाय समिति, मध्यस्थता समिति, स्टेवार्ड र अन्य उन्नत अधिकार धारक, T&S र कानुनी र अन्य व्यक्ति वा निकायहरू।

यी प्रशिक्षणहरू युसिओसी प्रवर्तन प्रक्रियाहरूको हिस्सा बन्न चाहने वा युसिओसीबारे जानकारी प्राप्त गर्न चाहनेहरूका लागि लक्षित छन्।

प्रशिक्षणलाई सामान्य जानकारी, उल्लङ्घन र समर्थनको पहिचान र जटिल मुद्दा र अपिलहरू समेटेर स्वतन्त्र मोड्युलहरूमा सङ्गठित गरिने छ। पहिलो यु४सी अनबोर्ड भएपछि, यो तालिम मोड्युलहरूलाई आवश्यकता अनुसार मर्मत र अद्यावधिक गर्न जिम्मेवार हुनेछ।

तालिम मोड्युलहरू विभिन्न ढाँचाहरूमा र विभिन्न प्लेटफर्महरूमा सजिलो पहुँचको निम्ति उपलब्ध हुनेछन्। आफ्नो समुदाय स्तरमा प्रशिक्षण प्रदान गर्न चाहने स्थानीय समुदाय र विकिमिडिया सम्बद्ध निकायहरूले प्रशिक्षण कार्यान्वयन गर्न विकिमिडिया फाउन्डेसनबाट आर्थिक सहयोग पाउने छन्। यसमा अनुवादका लागि समर्थन समावेश छ।

हामी सिफारिस गर्दछौं कि मोड्युल पूरा गर्ने सहभागीहरूलाई तिनीहरूले पूरा गरेको भनि सार्वजनिक रूपमा स्वीकार गर्न विकल्प हुनुपर्दछ।

प्रशिक्षणहरूका निम्न सेटहरू प्रस्तावित छन्:

मोड्युल क - अभिमुखीकरण (युसिओसी - सामान्य)

  • युसिओसीको साझा बुझाइ र यसको कार्यान्वयन सुनिश्चित गर्न मद्दत गर्नुहोस्
  • युसिओसी के हो र यसको अपेक्षित प्रवर्तन, साथै उल्लङ्घनहरू रिपोर्ट गर्न मद्दत गर्न कुन उपकरणहरू उपलब्ध छन् भनी संक्षिप्त रूपमा व्याख्या गर्नुहोस्

मोड्युल ख - पहिचान र रिपोर्टिङ (युसिओसी - उल्लङ्घनहरू)

  • मानिसहरूलाई युसिओसी उल्लङ्घनहरू पहिचान गर्ने क्षमता दिनुहोस्, रिपोर्टिङ प्रक्रियाहरू बुझ्न र रिपोर्टिङ उपकरणहरू कसरी प्रयोग गर्ने भनेर सिक्नुहोस्
  • उल्लङ्घनको प्रकार, उनीहरूको स्थानीय सन्दर्भमा रिपोर्ट गर्न मिल्ने घटनाहरू कसरी पहिचान गर्ने, कसरी र कहाँ रिपोर्टहरू बनाउने र युसिओसी प्रक्रियाहरू भित्रका केसहरूको न्यूनतम व्यवस्थापनको विस्तृत प्रकार गर्नुहोस्
  • प्रशिक्षण युसिओसीका विशेष अङ्गहरूमा पनि केन्द्रित हुने छ, जस्तै उत्पीडन र अख्तियार दुरुपयोग (आवश्यकता अनुसार)

मोड्युल ग - जटिल मामिलाहरू, अपिलहरू (युसिओसी - धेरै पटक उल्लङ्घन, अपिल)

  • यी मोड्युलहरू यु४सीमा सामेल हुनका लागि एक सर्त हो र सम्भावित यु४सी आवेदकहरू र उन्नत अधिकार धारकहरूको लागि सिफारिस गरिन्छ।
  • यस मोड्युलमा दुई विशिष्ट विषयहरू समेटिनुपर्दछ:
    • ग१- जटिल मामिलाहरूको व्यवस्थापन (युसिओसी - धेरै पटक उल्लङ्घन): क्रस-विकी मुद्दाहरू, दीर्घकालीन उत्पीडन, धम्कीहरूको विश्वसनीयता पहिचान गर्ने, प्रभावकारी र संवेदनशील सञ्चार र पीडित तथा अन्य कमजोर व्यक्तिहरूको सुरक्षालाई समावेश गर्ने
    • ग२ - अपिलहरू सम्बोधन गर्ने, मुद्दाहरूको छिनोफानो गर्ने (युसिओसी - अपिलहरू): युसिओसी अपिलहरू सम्बोधन गर्ने बारे समावेश गर्ने
  • यी मोड्युलहरू प्रशिक्षकको नेतृत्वमा र अनुकूलित प्रशिक्षणको रूपमा यु४सी सदस्य तथा आवेदकहरू र गैर-सार्वजनिक व्यक्तिगत डेटा नीतिको पहुँचमा हस्ताक्षर गर्ने समुदायद्वारा चुनिएका कार्यकर्ताहरूलाई प्रदान गरिने छ।
  • सम्भव हुँदा यी प्रशिक्षकहरूको नेतृत्वमा हुने प्रशिक्षणका सामग्रीहरू, जस्तै हरेक मोड्युल, स्लाइडहरू, प्रश्नहरू, आदि, सार्वजनिक रूपमा उपलब्ध हुनेछ

३. प्रतिक्रियात्मक कार्य

यस खण्डको उद्देश्य युसिओसी उल्लङ्घनहरूको रिपोर्टहरूको प्रक्रिया अगाडि बढाउन दिशानिर्देश र सिद्धान्तहरू अनि युसिओसी उल्लङ्घनहरूको व्यवस्थापन गर्ने स्थानीय प्रवर्तन संरचनाहरूका सम्बन्धमा सिफारिसहरू प्रदान गर्नु हो। सो प्रयोजनका लागि, यस खण्डमा रिपोर्टहरूको प्रक्रिया अगाडि बढाउने महत्त्वपूर्ण सिद्धान्तहरू, रिपोर्टिङ औजार सिर्जना गर्ने सम्बन्धमा सिफारिसहरू, उल्लङ्घनका विभिन्न स्तरका लागि सुझाव गरिएको कार्यान्वयन र स्थानीय प्रवर्तन संरचनाहरूका सम्बन्धमा सिफारिसहरूको विस्तृत विवरण प्रदान गर्ने छ।

३.१ युसिओसी उल्लङ्घनहरू दायर गर्ने र प्रक्रिया अगाडि बढाउने सम्बन्धी सिद्धान्तहरू

निम्न सिद्धान्तहरू आन्दोलनमा रिपोर्टिङ प्रणालीहरूका लागि मानकहरू हुन्।

रिपोर्टहरू:

  • युसिओसी उल्लङ्घनहरूको रिपोर्टिङ उल्लङ्घनको लक्ष्य, साथै घटना अवलोकन गर्ने सहभागी नभएका तेस्रो पक्षहरूद्वारा सम्भव हुनुपर्दछ
  • रिपोर्टहरूले युसिओसी उल्लङ्घनहरू समेट्न सक्षम हुनुपर्छ, चाहे ती अनलाइन, अफलाइन, तेस्रो पक्षद्वारा होस्ट गरिएको स्पेसमा वा विभिन्न स्पेसहरूको मिश्रण, जहाँसुकै होस्
  • रिपोर्टहरू सार्वजनिक रूपमा वा गोपनीयताको फरक-फरक डिग्रीहरूका लागि सम्भव हुनैपर्छ
  • जोखिम र वैधताको उचित मूल्याङ्कन गर्न आरोपहरूको विश्वसनीयता र प्रमाणिकतालाई राम्ररी छानबिन गरिनेछ
  • लगातार बेइमान वा अनुचित ढङ्गले रिपोर्टहरू पठाउने प्रयोगकर्ताहरूले रिपोर्टिङ गर्ने विशेषाधिकार गुमाउने जोखिम हुन्छ
  • अभियोग लगाइएका व्यक्तिहरूलाई, त्यस्तो पहुँचले रिपोर्ट गर्ने व्यक्ति वा अरूको सुरक्षालाई खतरा वा हानि हुने सम्भावना हुने भएमा बाहेक, तिनीहरू विरुद्ध गरिएको कथित उल्लङ्घनका विवरणहरूमा पहुँच हुनेछ
  • रिपोर्ट तोकिएका व्यक्तिहरूले नबोल्ने भाषामा उपलब्ध गराइएको हो भने अनुवादका लागि स्रोतहरू विकिमिडिया फाउन्डेसनले उपलब्ध गराउनैपर्छ

प्रशोधन उल्लङ्घनहरू:

  • परिणामहरू उल्लङ्घनको गम्भीरतासँग समानुपातिक हुनुपर्छ
  • युसिओसीको सिद्धान्तहरूसँग पङ्क्तिबद्ध रूपमा सन्दर्भको प्रयोग गर्ने, एक सूचित तरिकामा मुद्दाहरूको न्याय गरिनेछ
  • लामो समयसम्म भएमा सहभागीहरूलाई समयसापेक्ष अद्यावधिकहरू उपलब्ध गराएर मुद्दाहरू एक सुसंगत समय सीमा भित्र समाधान गरिनेछ

पारदर्शिता:

  • जहाँ सम्भव छ, युसिओसी उल्लङ्घनलाई प्रशोधन गर्ने समूहले गैर-सार्वजनिक मामिलाहरूमा गोपनीयता र सुरक्षाको संरक्षण गर्दै, ती केसहरूको सार्वजनिक अभिलेख उपलब्ध गराउनेछ
  • विकिमिडिया फाउन्डेसनले न्यूनतम डाटा सङ्कलन तथा गोपनीयताको सम्मानका सिद्धान्तहरूलाई सम्मान गर्दै सेक्शन ३.२ मा प्रस्तावित केन्द्रीय रिपोर्टिङ उपकरणको प्रयोग गरिएको बारेमा आधारभूत तथ्याङ्कहरू प्रकाशित गर्ने छ।
      • युसिओसी उल्लङ्घनहरू प्रशोधन गर्ने अन्य समूहहरूलाई न्यूनतम डेटा सङ्कलन तथा गोपनीयताको सम्मानका सिद्धान्तहरूलाई सम्मान गर्दै युसिओसी उल्लङ्घनहरू र रिपोर्टिङको बारेमा आधारभूत तथ्याङ्कहरू उपलब्ध गराउन प्रोत्साहित गरिन्छ।

३.१.१ मुद्दाहरूको प्रक्रिया अगाडि बढाउन स्रोतहरू उपलब्ध गराउने

स्थानीय शासन संरचनाहरूद्वारा युसिओसीको कार्यान्वयनलाई धेरै तरिकामा समर्थन गर्नु पर्ने छ। समुदायहरूले यी जस्ता विभिन्न पक्षहरूका आधारमा विभिन्न संयन्त्र वा विधिहरूबाट छनोट गर्न सक्षम हुने छन्: उनीहरूको कार्यान्वयन संरचनाको क्षमता, शासन विधि र सामुदायिक प्राथमिकताहरू। यीमध्ये केही विधिहरूमा निम्न पर्न सक्छन्:

  • एक निश्चित विकिमिडिया परियोजनाका लागि मध्यस्थता समिति (ArbCom)
  • धेरै विकिमिडिया परियोजनाहरूका लागि साझा ArbCom
  • विकेन्द्रीकृत ढङ्गले युसिओसी अनुरूप स्थानीय नीतिहरू लागू गर्ने उन्नत अधिकार धारकहरू
  • नीतिहरू लागू गर्ने स्थानीय प्रबन्धकहरूको प्यानल
  • सामुदायिक छलफल र सहमति मार्फत स्थानीय नीतिहरू लागू गर्ने स्थानीय योगदानकर्ताहरू

समुदायहरूले युसिओसीको विरुद्ध नजाने गरी विद्यमान माध्यमहरूमार्फत प्रवर्तन व्यवस्थापन जारी राख्नुपर्छ।

३.१.२ उल्लङ्घनको प्रकारका आधारमा प्रवर्तन

यस खण्डमा विभिन्न प्रकारका उल्लङ्घनहरूको अपूर्ण सूची र तीसँग सम्बन्धित सम्भावित प्रवर्तन संयन्त्रको विस्तृत विवरण प्रदान गरिन्छ ।

  • कुनै पनि प्रकारका शारीरिक हिंसाको धम्की सहितका उल्लङ्घनहरू
    • विकिमिडिया ट्रस्ट र सुरक्षा टोलीद्वारा व्यवस्थापन गरिने
  • कानुनी धम्कीहरू समावेश गरिएका उल्लङ्घनहरू
    • विकिमिडिया फाउन्डेसन कानूनी टोली, वा उपयुक्त हुँदा, धम्कीहरूको योग्यताको उचित मूल्याङ्कन गर्न सक्ने अन्य पेशेवरहरूलाई पठाइन्छ
  • व्यक्तिगत रूपमा पहिचानयोग्य जानकारी सहमति नलिई खुलासा गरिएका उल्लङ्घनहरू
    • सामान्यतया निरीक्षण वा सम्पादन खारेजी अनुमति प्राप्त प्रयोगकर्ताद्वारा व्यवस्थापन गरिने
    • कहिलेकाहीँ ट्रस्ट र सुरक्षाद्वारा व्यवस्थापन गरिने
    • यदि यस प्रकारको उल्लङ्घनले कानुनी दायित्वलाई आह्वान गर्द छ भने, त्यस्तो मुद्दालाई विकिमिडिया फाउन्डेसनको कानुनी टोली वा उपयुक्त भएमा, मुद्दा अगाडि बढाउन पर्ने-नपर्ने कुराको यथोचित मूल्याङ्कन गर्न सक्ने अन्य पेशेवरहरूलाई पठाइन्छ
  • सम्बद्ध निकायको शासनसँग सम्बन्धित उल्लङ्घनहरू
    • सम्बद्धता समिति वा समकक्ष निकायद्वारा व्यवस्थापन गरिने
  • प्राविधिक स्थानहरूमा उल्लङ्घनहरू
    • प्राविधिक आचार संहिता समितिद्वारा व्यवस्थापन गरिने
  • युसिओसीको पालना गर्न प्रणालीगत विफलता
    • यु४सीद्वारा व्यवस्थापन गरिने
    • प्रणालीगत विफलताका केही उदाहरणहरू समावेश छन्:
      • युसिओसी लागू गर्न स्थानीय क्षमताको अभाव
      • निरन्तर युसिओसी अनुकूल नहुने स्थानीय निर्णयहरू
      • युसिओसी लागू गर्न अस्वीकार
      • स्रोतको अभाव वा समस्याहरू सम्बोधन गर्ने इच्छाशक्तिको अभाव
  • अन-विकी युसिओसी उल्लङ्घनहरू
    • एकभन्दा बढी विकिहरूमा हुने युसिओसी उल्लङ्घनहरू: विश्वव्यापी सिसप र स्टेवार्डहरू र एकल-विकी युसिओसी उल्लङ्घनहरू व्यवस्थापन गर्ने निकायहरूद्वारा वा यु४सीद्वारा व्यवस्थापन गरिने जहाँ तिनीहरू यी दिशानिर्देशहरूसँग बाझिने छैनन्
    • एकल विकीमा हुने युसिओसी उल्लङ्घनहरू: अवस्थित प्रवर्तन संरचनाहरूद्वारा तिनीहरूको अवस्थित दिशानिर्देशहरू अनुसार व्यवस्थापन गरिने, जहाँ तिनीहरू यी दिशानिर्देशहरूसँग बाझिने छैनन्
      • तोडफोड जस्ता सामान्य युसिओसी उल्लङ्घनहरू विद्यमान प्रवर्तन संरचनाहरूद्वारा ती दिशानिर्देशहरूसँग नबाझिने गरी विद्यमान माध्यमहरूमार्फत व्यवस्थापन गरिनुपर्छ
  • अफ-विकी उल्लङ्घनहरू
    • कुनै स्थानीय शासन संरचना (जस्तै ArbCom) नरहेको वा यदि केस अन्यथा जिम्मेवार हुनुपर्ने प्रवर्तन संरचनाद्वारा तिनलाई रिफर गरिएको छ भने यु४सीद्वारा व्यवस्थापन गरिने
    • कतिपय अवस्थाहरूमा, अफ-विकी उल्लङ्घनहरू सम्बन्धित अफ-विकी स्पेसका प्रवर्तन संरचनाहरूमा रिपोर्ट गर्दा उपयोगी हुन सक्छ । यसले विद्यमान स्थानीय र विश्वव्यापी प्रवर्तन संयन्त्रहरूलाई रिपोर्टहरू अगाडि बढाउनबाट रोक्दैन
  • भौतिक उपस्थितिमा गरिने कार्यक्रम र स्थानहरूमा हुने उल्लङ्घनहरू
    • विद्यमान प्रवर्तन संरचनाहरूले प्राय: अफ-विकी स्थानहरूमा व्यवहार र प्रवर्तनका नियमहरू प्रदान गर्दछन् । तिनमा मैत्री स्पेस नीतिहरू र सम्मेलन नियमहरू पर्दछन्
    • यी केसहरू व्यवस्थापन गर्ने प्रवर्तन संरचनाहरूले तिनलाई यु४सीमा पठाउन सक्छन्
    • विकिमिडिया फाउन्डेसनद्वारा आयोजित कार्यक्रमहरूमा, ट्रस्ट र सुरक्षा टोलीले कार्यक्रम नीति प्रवर्तन प्रदान गर्दछ

३.२ रिपोर्टिङ औजारका लागि सिफारिसहरू

विकिमिडिया फाउन्डेसनद्वारा युसिओसी उल्लङ्घनहरूका लागि केन्द्रीकृत रिपोर्टिङ र प्रशोधन उपकरणको विकास र मर्मत गरिनेछ। यो उपकरणको साथ मिडियाविकि मार्फत रिपोर्टहरू बनाउन सम्भव हुनेछ। युसिओसी उल्लङ्घनहरू रिपोर्टिङ तथा प्रशोधन गर्नको लागि प्राविधिक बाधा कम गर्ने उद्देश्य हो।

रिपोर्टमा सान्दर्भिक कारबाहीयोग्य जानकारी समावेश गर्नुपर्छ वा तात्कालीन मुद्दाको अभिलेखीकरण रेकर्ड प्रदान गर्नुपर्छ। रिपोर्टिङ इन्टरफेसले रिपोर्टरलाई उक्त विशेष मुद्दा अगाडि बढाउन जिम्मेवार व्यक्तिहरूलाई विवरण प्रदान गर्न अनुमति दिनुपर्छ। यसमा निम्न लगायत जानकारी पर्दछन्:

  • रिपोर्ट गरिएको व्यवहारले युसिओसीको कसरी उल्लङ्घन गर्द छ
  • युसिओसीको यस उल्लङ्घनबाट कसलाई वा केलाई हानि पुगेको छ
  • घटना(हरू) घटेको मिति र समय
  • घटना(हरू) घटेको स्थान(हरू)
  • प्रवर्तन समूहहरूलाई यस मामलालाई राम्रोसँग व्यवस्थापन गर्नमा सहजीकरण गर्ने अन्य जानकारी

औजारले प्रयोग गर्न सजिलो, गोपनीयता र सुरक्षा, प्रशोधनमा लचिलोपन र पारदर्शिताका सिद्धान्तहरू अनुरूप काम गर्नुपर्दछ।

युसिओसी लागू गर्ने व्यक्तिहरूले यो औजार प्रयोग गर्नु आवश्यक छैन। मुद्दाहरू प्रयोग गर्न सजिलो, गोपनीयता र सुरक्षा, प्रशोधनमा लचिलोपन र पारदर्शिताका समान सिद्धान्तहरू अनुसार व्यवस्थापन गरेसम्म उनीहरूले उपयुक्त ठाने बमोजिम जुनसुकै औजारहरू प्रयोग गरिराख्न सक्छन्।

३.३ कार्यान्वयन संरचनाहरूका लागि सिद्धान्त र सिफारिसहरू

सम्भव भएसम्म, हामी विद्यमान प्रवर्तन संरचनाहरूलाई यहाँ उल्लेख गरिएका दिशानिर्देशहरू अनुसार, युसिओसी उल्लङ्घनका रिपोर्टहरू प्राप्त गर्ने र व्यवस्थापन गर्ने जिम्मेवारी बहन गर्न प्रोत्साहन गर्दछौँ । अभियानभर युसिओसीको प्रवर्तनमा एकरूप रहने कुरा सुनिश्चित गर्नका लागि, हामी युसिओसी उल्लङ्घनहरू व्यवस्थापन गर्दा निम्न आधारभूत सिद्धान्तहरू लागू गर्न सिफारिस गर्दछौँ।

३.३.१ प्रक्रियामा निष्पक्षता

हामी प्रवर्तन संरचनाहरूलाई स्वार्थको द्वन्द्व सम्बन्धी नीतिहरू विकास गरी कायम राख्न प्रोत्साहन गर्दछौँ । यसले प्रशासक वा अरूहरूलाई मुद्दामा नजिकबाट संलग्न हुँदा कहिले रिपोर्टबाट टाढा रहने वा अलग गर्ने भनेर निर्धारण गर्न मद्दत गर्नुपर्दछ ।

सबै पक्षहरूसँग मुद्दाहरू र प्रमाणमा आफ्नो दृष्टिकोण राखने अवसर सामान्यतया हुनेछ, र अरूबाट प्रतिक्रिया साथै थप जानकारी, परिप्रेक्ष्य, र सन्दर्भ प्रदान गर्न मद्दत गर्न आमन्त्रित गर्न सकिन्छ। यो गोपनीयता र सुरक्षाको रक्षा गर्नमा सीमित हुन सक्छ।

३.३.२ प्रक्रियामा पारदर्शिता

४.१ मा परिभाषित गरिएको यसको उद्देश्य र दायरा अनुरूप, यु४सीले युसिओसी प्रवर्तन कार्यहरूको प्रभावकारिता र अभियानभर सामान्य उल्लङ्घनहरूसँग तिनको सम्बन्धमा कागजातहरू प्रदान गर्नुपर्नेछ। तिनलाई यो अनुसन्धान सञ्चालन गर्न विकिमिडिया फाउन्डेसनले समर्थन गर्नुपर्दछ। यस कागजातको लक्ष्य युसिओसी लागू गर्नका लागि उत्कृष्ट अभ्यासहरू विकास गर्न प्रवर्तन संरचनाहरूलाई सहयोग गर्नु हो।

विकिमिडिया परियोजनाहरू र सम्बद्ध निकायहरूले, सम्भव भएसम्म, युसिओसी नीति पाठ अनुरूप नीतिहरू र प्रवर्तन संयन्त्रहरूको रूपरेखा सहितका पृष्ठहरू कायम राख्नुपर्नेछ। युसिओसी नीति पाठसँग बाझिने विद्यमान दिशानिर्देशहरू वा नीतिहरू सहितका परियोजनाहरू र सम्बद्ध निकायहरूले विश्वव्यापी समुदाय मापदण्डहरू अनुरूप परिवर्तनहरू ल्याउन छलफल गर्नुपर्छ। नयाँ स्थानीय नीतिहरू अद्यावधिक गर्दा वा सिर्जना गर्दा युसिओसीसँग नबाझिने गरी गर्नुपर्दछ। परियोजना र सम्बद्ध निकायहरूले सम्भावित नयाँ नीतिहरू वा दिशानिर्देशहरूको बारेमा यु४सीबाट सल्लाहकारका रायहरू माग्न सक्छन्।

तेस्रो पक्षीय प्लेटफर्महरू (जस्तै डिस्कोर्ड, टेलिग्राम, इत्यादि) मा सञ्चालन गरिएको सम्बन्धित स्पेसमा हुने विकिमिडिया-विशेष वार्तालापहरूका लागि, विकिमिडियाका प्रयोगका सर्तहरू लागू नहुन सक्छन्। यसलाई उक्त विशिष्ट वेबसाइटको प्रयोग र आचार नीतिहरूमा समेटिएका छन्। जे होस्, तेस्रो पक्षीय प्लेटफर्महरूमा होस्ट गरिएको सम्बन्धित स्पेसमा विकिमेडियनहरूको व्यवहारलाई युसिओसी उल्लङ्घनको रिपोर्टहरूमा प्रमाणको रूपमा स्वीकार गर्न सकिन्छ। हामी तेस्रो पक्षीय प्लेटफर्महरूमा विकिमिडियासँग सम्बन्धित स्पेसहरू सञ्चालन गर्ने विकिमिडिया समुदायका सदस्यहरूलाई उनीहरूका नीतिहरूमा युसिओसीको सम्मान गर्ने कुरा समावेश गर्न प्रोत्साहित गर्दछौँ। विकिमिडिया फाउन्डेसनले तेस्रो-पक्षीय प्लेटफर्महरूका लागि तिनका स्पेसहरूमा अन-विकि विवादहरू जारी राख्न निरुत्साहित गर्ने उत्कृष्ट अभ्यासहरूलाई प्रोत्साहित गर्ने प्रयास गर्नुपर्दछ।

३.३.३ अपिलहरू

कुनै उन्नत अधिकार धारकले गरेको कार्य यु४सी बाहेक कुनै पनि स्थानीय वा साझा प्रवर्तन संरचनामा अपिल गर्न मिल्ने छ। यदि त्यस्तो कुनै प्रवर्तन संरचना छैन भने, यु४सीमा अपिल गर्न अनुमति दिन सकिन्छ। यस्तो व्यवस्था बाहेक, स्थानीय समुदायहरूले फरक उन्नत अधिकार धारकलाई अपिल गर्ने अनुमति दिन सक्छन्।

प्रवर्तन संरचनाहरूले सम्बन्धित सान्दर्भिक जानकारी र न्यूनीकरण पक्षहरूका आधारमा अपिलहरू स्वीकार गर्ने र विचार गर्ने मापदण्डहरू तय गर्नुपर्नेछ। यी पक्षहरूमा निम्न लगायत पर्दछन्: आरोपहरूको प्रमाणनीयता, स्वीकृतिका लागि लाग्ने समय र प्रभाव र शक्तिको दुरुपयोग वा अन्य प्रणालीगत सवालहरूको शङ्का छ कि छैन, र थप उल्लङ्घनको सम्भावना। अपिल स्वीकृत हुने ग्यारेन्टी छैन।

विकिमिडिया फाउन्डेसनको कानुनी विभागले गरेका केही निर्णयहरू विरुद्ध अपिल गर्न मिल्दैन। यद्यपि, विकिमिडिया फाउन्डेसन कार्यालयका कार्यहरू तथा निर्णयहरू केस समीक्षा समितिद्वारा समीक्षा योग्य छन्। सीमितता, विशेष गरी कार्यालयका कार्यहरू र निर्णयहरूबाट अपीलहरूमा, कानूनी आवश्यकताहरू फरक भएमा, केही अधिकार क्षेत्रमा लागू नहुन सक्छ।

प्रवर्तन संरचनाहरूले अपिल स्वीकार वा अस्वीकार गर्ने आधार निर्धारण गर्नका लागि मुद्दाहरूमा सूचित दृष्टिकोण खोज्नुपर्छ। संलग्न व्यक्तिहरू र निर्णय प्रक्रियाको गोपनीयताको ख्याल राख्दै जानकारीलाई संवेदनशीलताका साथ व्यवस्थापन गर्नुपर्दछ।

यो लक्ष्य हासिल गर्न, हामी प्रवर्तन संरचनाहरूलाई अपिलहरूको समीक्षा गर्दा विभिन्न पक्षहरूलाई विचार गर्न सिफारिस गर्दछौँ । यसमा निम्न लगायत पर्न सक्छन्:

  • उल्लङ्घनको गम्भीरता र सोको कारणले हुने हानि
  • उल्लङ्घनका इतिहास
  • अपिल भइरहेका प्रतिबन्धहरूको गम्भीरता
  • उल्लङ्घनपछिको समयावधि
  • सम्पर्कमा उल्लङ्घनको विश्लेषण
  • शक्तिको सम्भावित दुरुपयोग वा अन्य प्रणालीगत समस्याको शङ्का

४. युसिओसी समन्वय समिति (यु४सी)

विश्वव्यापी आचार संहिता समन्वय समिति (यु४सी) नामक नयाँ विश्वव्यापी समिति गठन गरिने छ। यो समितिको हैसियत अन्य उच्चस्तरीय निर्णायक निकायहरू (जस्तै ArbComs र AffCom) सरह समान हैसियत भएको निकाय हुने छ। यसको उद्देश्य युसिओसी लागू गर्न स्थानीय समूहहरूबाट भएका प्रणालीगत विफलताहरूको मुद्दामा अन्तिम सहाराको रूपमा भूमिका निभाउनु हो। यु४सीको सदस्यताले हाम्रो विश्वव्यापी समुदायको विश्वव्यापी तथा विविध स्वरूपको प्रतिबिम्बित गर्नुपर्नेछ।

४.१ उद्देश्य र दायरा

यु४सीले युसिओसी उल्लङ्घनका रिपोर्टहरूको अनुगमन गर्दछ र थप अनुसन्धानहरू गर्न र उपयुक्त भएमा कारबाही गर्न सक्ने छ। यु४सीले नियमित रूपमा युसिओसी प्रवर्तनको अवस्थाको अनुगमन र मूल्याङ्कन गर्ने छ। यसले विकिमिडिया फाउन्डेसन र समुदायलाई विचार गर्नका लागि युसिओसी र युसिओसी प्रवर्तन दिशानिर्देशहरूमा उपयुक्त परिवर्तनहरू सिफारिस गर्न सक्ने छ, तर कुनै पनि कागजात आफैँ परिवर्तन गर्न सक्ने छैन। आवश्यक परेमा, यु४सीले विकिमिडिया फाउन्डेसनलाई मुद्दाहरू व्यवस्थापन गर्नमा मद्दत गर्ने छ।

यु४सीले:

  • प्रवर्तन दिशानिर्देशमा उल्लिखित परिस्थितिहरूमा उजुरी तथा अपिलहरू व्यवस्थापन गर्दछ
  • उजुरी तथा अपिलहरू समाधान गर्न आवश्यक पर्ने कुनै पनि अनुसन्धान गर्द छ
  • समुदायहरूका लागि युसिओसी उत्कृष्ट अभ्यासहरू सम्बन्धी स्रोतहरू प्रदान गर्द छ, जस्तै अनिवार्य प्रशिक्षण सामग्री र आवश्यकता अनुसार अन्य स्रोतहरू
  • आवश्यक परेमा, समुदायका सदस्यहरू र प्रवर्तन संरचनाहरूसँग सहकार्य गरेर युसिओसी प्रवर्तन दिशानिर्देश र युसिओसीको अन्तिम व्याख्या प्रदान गर्द छ
  • युसिओसी प्रवर्तनको प्रभावकारिताको अनुगमन र मूल्याङ्कन गर्दछ र सुधारका लागि सिफारिसहरू अघि सार्द छ

यु४सीले मुख्य रूपमा युसिओसीको उल्लङ्घन वा यसको प्रवर्तनको विषय समावेश नगरिएका मुद्दाहरू लिने छैन। यु४सीले गम्भीर प्रणालीगत समस्याहरूमा बाहेक यसको अन्तिम निर्णय गर्ने अधिकार प्रत्यायोजन गर्न सक्ने छ। यु४सीका जिम्मेवारीहरू ३.१.२ मा अन्य प्रवर्तन संरचनाहरूको सन्दर्भमा व्याख्या गरिएको छ।

४.२ छनोट, सदस्यता र भूमिकाहरू

विश्वव्यापी समुदायद्वारा आयोजित वार्षिक निर्वाचनले मतदान सदस्यहरू चयन गर्ने छ। उम्मेदवारहरू कुनै पनि समुदायको सदस्य हुन सक्छन् जसले निम्न पनि गर्नुपर्छ:

  • गैर-सार्वजनिक व्यक्तिगत डेटामा पहुँचका लागि विकिमिडिया फाउन्डेसनको मापदण्ड पूरा गर्नुपर्दछ र उनीहरूको चुनावी वक्तव्यमा उनीहरूले मापदण्ड पूरा गर्ने छन् भनी पुष्टि गर्नुपर्ने छ
  • हाल कुनै पनि विकिमिडिया परियोजनामा प्रतिबन्ध नलागेको वा कार्यक्रममा प्रतिबन्ध नलागेको हुनुपर्ने छ
  • युसिओसीको पालना गर्नुपर्ने छ
  • निर्वाचन प्रक्रियाको क्रममा निर्धारण गरिएका अन्य कुनै पनि योग्यता मापदण्डहरू पूरा गर्नुपर्ने छ

असाधारण परिस्थितिहरूमा, यु४सीले राजीनामा वा निष्क्रियताको कारणले तत्काल थप सदस्यहरूको आवश्यकता सिर्जना गरेको कुरा निर्धारण गरेमा यसले अन्तरिम मतदानहरू घोषणा गर्न सक्ने छ। निर्वाचन नियमित वार्षिक निर्वाचनकै ढाँचामा सम्पन्न हुने छ।

यु४सीका कुनै पनि सदस्यहरूले अन्य पदबाट राजीनामा दिनुपर्दैन (जस्तै स्थानीय सिसप, ArbCom को सदस्य, कार्यक्रम सुरक्षा संयोजक)। यद्यपि, उनीहरू आफ्ना अन्य पदहरूको परिणाम स्वरूप प्रत्यक्ष रूपमा संलग्न भएका मुद्दाहरूको प्रक्रिया अगाडि बढाउने कार्यमा सहभागी हुन पाउने छैनन्। यु४सीका सदस्यहरूले गैर-सार्वजनिक जानकारीमा पहुँच प्रदान गर्न गैर-सार्वजनिक व्यक्तिगत डेटा नीतिमा हस्ताक्षर गर्ने छन्। यु४सी निर्माण समितिले यु४सी सदस्यहरूका लागि उपयुक्त सर्तहरू निर्धारण गर्नुपर्ने छ।

यु४सीले विशेष कार्य वा भूमिकाहरूका लागि उपसमितिहरू गठन गर्न सक्ने छ वा उपयुक्त व्यक्तिहरूलाई नियुक्त गर्ने सक्ने छ।

विकिमिडिया फाउन्डेसनले यु४सीमा दुई जनासम्म गैर-मतदान सदस्यहरू नियुक्त गर्न सक्छ र चाहिने र उपयुक्त रूपमा समर्थन कर्मचारीहरू प्रदान गर्नेछ।

४.३ कार्यविधिहरू

यु४सीले कति पटक सम्मेलन गर्ने तथा अन्य सञ्चालन प्रक्रियाहरूमा निर्णय गर्ने छ। यु४सीले आफ्नो कार्यक्षेत्रभित्र पर्ने अवस्थासम्म तिनका कार्यविधिहरू सिर्जना वा परिमार्जन गर्न सक्छ। उपयुक्त भएमा, समितिले तिनलाई लागू गर्नु अघि यसले ल्याउन चाहेका परिवर्तनहरूका सम्बन्धमा समुदायको प्रतिक्रिया माग्नुपर्दछ।

४.४ नीति र नजिर

यु४सीले नयाँ नीति सिर्जना गर्दैन र युसिओसीमा परिमार्जन वा परिवर्तन गर्न सक्दैन। त्यस विपरीत यु४सीले यसको कार्यक्षेत्रमा परिभाषित गरिए अनुसार युसिओसी अवलम्बन र प्रवर्तन गर्द छ।

समयसँगै सामुदायिक नीति, दिशानिर्देश र मापदण्डहरू विकसित हुँदै जाँदा, पहिलेका निर्णयहरू हालको सन्दर्भमा सान्दर्भिक रहने हदसम्म मात्र ध्यान दिइने छ ।

४.५ यु४सी निर्माण समिति

युसिओसी प्रवर्तन दिशानिर्देशको प्रमाणीकरण पछि, विकिमिडिया फाउन्डेसनले निर्माण समितिलाई निम्नानुसार सहजीकरण गर्ने छ:

  • यु४सीको उदाहरणको प्रक्रिया, नीति, र प्रयोग निर्धारण गर्ने
  • यु४सी प्रक्रियाको बाँकी भाग मस्यौदा गर्ने
  • यु४सी स्थापना गर्न आवश्यक अन्य कुनै पनि बन्दोबस्ती निर्दिष्ट गर्ने
  • यु४सीका लागि प्रारम्भिक मतदान प्रक्रियाहरू सहज बनाउन मद्दत गर्ने

निर्माण समितिमा स्वयंसेवक समुदायका सदस्यहरू, सम्बद्ध कर्मचारी वा बोर्ड सदस्यहरू र विकिमिडिया फाउन्डेसनका कर्मचारीहरू समावेश हुनेछन्।

सदस्यहरू विकिमिडिया फाउन्डेसनको सामुदायिक लचिलोपन र दिगोपना विभागका उपाध्यक्षद्वारा चयन गरिने छ। समितिका स्वयंसेवक सदस्यहरू समुदायका सम्मानित सदस्यहरू हुनुपर्छ।

सदस्यहरूले आन्दोलनको प्रवर्तन प्रक्रियाहरूको विविध परिप्रेक्ष्यहरू प्रतिबिम्बित गर्नेछन् जस्तै, तर सीमित छैन: नीति मस्यौदा, विकिमिडिया परियोजनाहरूमा अवस्थित नियम र नीतिहरूको प्रयोगमा संलग्नता र सहभागिता र सहभागितामूलक निर्णय लिने जस्ता कुराहरूमा अनुभवका साथ। यसका सदस्यहरूले आन्दोलनको विविधतालाई प्रतिबिम्बित गर्नेछन्, जस्तै तर सीमित छैन: बोलिने भाषाहरू, लिङ्ग, उमेर, भूगोल, र परियोजना प्रकार।

यु४सी निर्माण समितिको कार्यलाई विश्वव्यापी परिषद् वा सामुदायिक प्रक्रियाद्वारा यस कागजातको अनुमोदन गर्दा जस्तै अनुमोदन गरिने छ। यस निर्माण समितिको कार्य मार्फत यु४सीको स्थापना पछि, निर्माण समिति विघटन हुनुपर्छ।

५. शब्दावली

प्रबन्धक (सिसप वा प्रबन्धक)
मेटामा परिभाषा हेर्नुहोस्।
उन्नत अधिकार धारक
सामान्य सम्पादन अनुमति भन्दा माथि प्रशासनिक अधिकार राख्ने प्रयोगकर्ता, र सामान्यतया सामुदायिक प्रक्रियाहरू मार्फत चुनिएको वा मध्यस्थता समितिहरू द्वारा नियुक्त। यसमा अपूर्ण सूचीको रूपमा निम्न समावेश छन्: स्थानीय सिसपहरू / प्रबन्धकहरू, पदाधिकारीहरू, विश्वव्यापी सिसपहरू, स्टेवार्डहरू।
सम्बद्धता समिति वा Affcom
मेटामा परिभाषा हेर्नुहोस्।
मध्यस्थता समिति वा ArbCom
केही विवादहरूमा अन्तिम निर्णय गर्ने समूहको रूपमा भूमिका निभाउने विश्वसनीय प्रयोगकर्ताहरूको समूह। हरेक ArbCom को कार्यक्षेत्र यसको समुदायद्वारा परिभाषित गरिन्छ। ArbCom ले एक भन्दा बढी परियोजनाहरू (जस्तै विकिसमाचार र विकियात्रा) र/वा एक भन्दा बढी भाषाहरूमा सेवा प्रदान गर्न सक्छ। यी दिशानिर्देशहरूको प्रयोजनका लागि, यसमा विकिमिडिया प्राविधिक स्पेस र प्रशासनिक प्यानलहरूका लागि आचार संहिता समिति समावेश छ। मेटामा दिइएको परिभाषा पनि हेर्नुहोस्।
बाध्यकारी क्रियाहरू
कार्यान्वयन निर्देशिकाको मस्यौदा तयार गर्दा मस्यौदा समितिले ‘create’, ‘develop’, ‘enforce’, ‘must’, ‘produce’, ‘shall’ र ‘will’ शब्दहरूलाई बाध्यकारी मानेको छ। यसलाई सिफारिस क्रियाहरूसँग तुलना गर्नुहोस्।
मामिला समीक्षा समिति
मेटामा परिभाषा हेर्नुहोस्।
समुदाय
परियोजनाको समुदायलाई बुझाउँछ। परियोजनाको समुदायद्वारा गरिएका निर्णयहरू सामान्यतया सहमतिमा निर्धारण गरिन्छ। यो पनि हेर्नुहोस्: परियोजना।
क्रस-विकी
एक भन्दा बढी परियोजनामा असर गर्ने वा हुने। यो पनि हेर्नुहोस्: विश्वव्यापी।
कार्यक्रम सुरक्षा संयोजक
भौतिक उपस्थितिमा विकिमिडियासँग सम्बन्धित कार्यक्रमका आयोजकहरूले सो कार्यक्रमको सुरक्षाका लागि जिम्मेवार व्यक्तिको रूपमा नियुक्त व्यक्ति।
विश्वव्यापी
सबै विकिमिडिया परियोजनाहरूको सन्दर्भमा बुझिने। विकिमिडिया अभियानमा, "विश्वव्यापी" भनेको अभियान-व्यापी शासन निकायहरूलाई जनाउने शब्दावली हो। यो सामान्यतया "स्थानीय" को विपरीत शब्दको रूपमा प्रयोग गरिन्छ।
विश्वव्यापी सिसपहरू
मेटामा परिभाषा हेर्नुहोस्।
उच्चस्तरीय निर्णायक निकाय
कुनै समूह (जस्तै U4C, ArbCom, Affcom) जुनभन्दा माथि कुनै अपिल हुन सक्दैन। फरक-फरक मुद्दाहरूका लागि फरक-फरक उच्चस्तरीय निर्णायक निकायहरू हुन सक्छन्। यो शब्दावलीले नोटिसबोर्डमा कुनै निर्णयमा पुग्ने गरी आयोजित छलफलमा भाग लिने प्रयोगकर्ताहरूको समूहलाई समेट्दैन, यद्यपि त्यो छलफलका फैसलाको अपिल गर्न सकिँदैन।
स्थानिय
कुनै एक विकिमिडिया परियोजना, सम्बद्ध, वा संगठनलाई सन्दर्भमा बुझिने। यो शब्दावलीले सामान्यतया सो परिस्थितिमा लागू हुने सबैभन्दा सानो, सबैभन्दा नजिकको प्रशासकीय निकाय जनाउँछ।
अफ-विकी
यसले सामान्यतया विकिमिडिया समुदायका सदस्यहरू उपस्थित र सक्रिय रूपमा स्पेस प्रयोग गरे पनि विकिमिडिया फाउन्डेसनद्वारा सञ्चालन नगरिएका अनलाइन स्पेसहरूलाई जनाउँछ। अफ-विकी स्पेसका उदाहरणहरूमा ट्विटर, ह्वाट्सएप,आइआरसी, टेलिग्राम, डिस्कोर्ड र अन्य स्पेसहरू पर्दछन्।
व्यक्तिगत रूपमा पहिचानयोग्य विवरण
सम्भावित रूपमा कुनै विशेष व्यक्तिलाई पहिचान गर्न सक्ने कुनै पनि डेटा। एक व्यक्तिलाई अर्को व्यक्तिबाट छुट्याउन र पहिलेको बेनामी डेटालाई पहिचानयोग्य बनाउन प्रयोग गर्न सकिने कुनै पनि विवरणलाई PII (पहिचानयोग्य विवरण) मानिन्छ।
परियोजना (विकिमिडिया परियोजना)
WMF द्वारा सञ्चालित विकी।
सिफारिस क्रियाहरू
प्रवर्तन निर्देशिकाको मस्यौदा तयार गर्दा मस्यौदा समितिले 'encourage', 'may', 'propose', 'recommend', र 'should' शब्दहरूलाई सिफारिसका रूपमा विचार गर्यो। यसलाई बाध्यकारी क्रियाहरूसँग तुलना गर्नुहोस्।
तेस्रो पक्षीय प्लेटफर्महरूमा होस्ट गरिएको सम्बन्धित स्पेस
WMF द्वारा सञ्चालित नभएका तर प्रयोगकर्ताहरूले विकिमिडियासँग सान्दर्भिक परियोजना मामिलाहरू छलफल गर्ने निजी विकीहरू लगायतका वेबसाइटहरू। प्रायः विकिमिडिया स्वयंसेवकहरूद्वारा सहजीकरण गरिने।
कर्मचारी
विकिमिडिया आन्दोलन संगठनमा तोकिएका कर्मचारी र/वा कर्मचारी सदस्यहरू वा त्यस्तो आन्दोलन संगठनका ठेकेदारहरू जसको कामलाई विकिमिडिया समुदायका सदस्यहरूसँग अन्तरक्रिया आवश्यक हुन्छ वा विकिमिडिया आन्दोलनका स्थानहरूमा (विकिमिडिया आन्दोलन गतिविधिमा समर्पित अफ-विकी प्लेटफर्महरू जस्ता तेस्रो-पक्ष स्थानहरू सहित)।
स्टेवार्डः मेटामा परिभाषा हेर्नुहोस्।
प्रणालीगत समस्या वा विफलता
धेरै व्यक्तिहरू, विशेष गरी उन्नत अधिकार प्राप्त व्यक्तिहरूको सहभागितामा विश्वव्यापी आचार संहिताको पालना गर्न असफल हुने प्याटर्न देखिने समस्या।
विकिमिडिया फाउन्डेसन कार्यालय कार्य नीति
नीति वा यसको समतुल्य उत्तराधिकारी नीति।